काठमाडौं- सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म कुनै पनि व्यक्ति घरबाहिर निस्कन नमिल्ने आदेश दिएको छ। 
यसअनुसार निम्न सेवा सुचारु रहनेछन्: 
सुरक्षाकर्मी र तोकिएका वायुयान, अत्यावश्यक ढुवानीका सवारी साधन, प्रेस, दूध, खानेपानी र इन्धनका सवारी साधन, औषधि र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग, सुरक्षा, खाद्यवस्तु, खानेपानी, सञ्चार, भन्सार र क्वारेन्टाइन कार्यालय।
नचल्ने : सर्वसाधारण व्यक्ति घरबाट बाहिर निस्कन नपाउने, व्यावसायिक आन्तरिक उडान, सार्वजनिक यातायात, अत्यावश्यकबाहेकका सम्पूर्ण निजी क्षेत्रका उद्योग।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।