काठमाडौं- सरकारले एक सातासम्मका लागि घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ।
सरकारले कोरोना नियन्त्रणका लागि नेपालभर ११ गतेदेखि १८ गतेसम्म कुनै व्यक्ति घरबाट बाहिर ननिस्किने आदेश जारी गरेको हो।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक उडानमासमेत रोक लगाउनले निर्णय गरेको छ। यसैगरी, देशभर सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ। अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णयसमेत आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको छ।
निजी क्षेत्रका कर्मचारीलाई पनि बिदा दिने निर्णय गरेको समितले संक्रामक रोग ऐन २०२० बमोजिम यस्तो आदेश जारी गरेको हो।
सोमबार मात्र काठमाडौंमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।