काठमाडौं- कोरोना भाइरसको संक्रमण देखिएका १ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको सूचीमा नेपाली समयअनुसार सोमबार साँझ ७ बजेको तथ्यांक हेर्दा १ लाख १ सय ८१ मानिस उपचार पछि निको भएका हुन्।
कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेइमा मात्र ५९ हजार ८ सय ८२ जना उपचार पछि निको भएका हुन्। यसैगरी इरानमा ८ हजार ३ सय ७६ जना पनि उपचारपछि निको भएका छन्।
इटलीमा ७ हजार २४ जनामा उपचार सफल भएको छ भने स्पेनका ३ हजार ३ सय ५५ जना उपचारपछि घर फर्किएका छन्। दक्षिण कोरियाका ३ हजार १ सय ६६ जना घर फर्किए भने फ्रान्सका २ हजार २ सय उपचारपछि घर फर्किएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण १५ हजार ३ सय २८ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३ लाख ५० हजार ५ सय ३६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।