• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

२ लाखको चेकसहित प्रधानमन्त्रीलाई गायक सपुतको खुलापत्र : रोग र भोकको डरमा कति फरक छ?

64x64
नेपाल लाइभ सोमबार, चैत १०, २०७६  १७:३४
1140x725

काठमाडौं- चर्चित लोकगायक प्रकाश सपुतले सरकारले स्थापना गरेको कोरोना भाइरसको जोखिम न्यूनीकरण कोषमा २ लाख रुपैयाँ प्रदान गरेका छन्।  उनले पत्रकार महासंघ बाग्लुङमार्फत् सो रकमको चेक सरकारलाई पठाएका हुन्। 

बाग्लुङस्थित आफ्नै पुर्ख्यौली घरमा सेल्फ क्वारेन्टाइनमा रहेका सपुतले आफ्नो तर्फबाट सहयोगस्वरुप उक्त रकमको चेक हस्तान्तरण गरेको बताए। चेक हस्तान्तरणपछि प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै लामो खुलापत्र पनि लेखेका छन्। 

खुलापत्रमा उनले कोरोना भाइरसको संक्रमणबाट पीडित हुने मात्र होइन, यसको प्रभावका कारण रोजगार गुमाएका मजदुरलाई समेत सरकारले हेर्नुपर्ने उल्लेख गरेका छन्। उनले लेखेको खुलापत्र जस्ताको तस्तै :

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार 
विश्वमा भयानक रुप लिँदै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सह्रानीय छन्। भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमजोर शरीर तर बलियो आत्मवल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साँझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईंको सक्रियता र सरकारको ज़िम्मेवारी बोध प्रति हामी कृतज्ञ छौं। 

यद्यपि केही दिन अगाडि स्वास्थ्य मन्त्रीज्यूले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौं। अरु त सबै ठिकै छ। कोशिस राम्रो छ। यसलाई कायम राख्नुहोस्।

सरकारकै निर्देशनलाई पालना गर्दै सवै काम धन्दा छोडेर भीडभाड कम हुने र वस्ति अलि पातलो भएको आफ्नै गाउँको घरमा आएर सेल्फ क्वारेनटाइनमा बसेका छौं। दशैमा समेत नजुटिने हाम्रो परिवार यसपाली घरभरी भएका छौं। एक अर्थमा मेरो बाबा, आमा र गाउ सार्है खुसी देखिएका छन् तर त्यो खुसी धेरैबेर रहन सकेन। जब साँझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नु भयो – 'अब अनिश्चितकालीन बन्द भन्छन्। यसरी सव परिवार भेला भएर बसी - बसी खान कहिलेसम्म पुग्ने हो ? ' माहोल स्तब्ध भयो। खाना खल्लो ! (बाबा लामो बैदेशिक रोजगारी पछि अहिले घरमा हुनुहुन्छ।

मैले नै उहाँलाई ढाडस दिएको थिए - बा ! तपाईं बुढो हुनुभो। अब बिदेश नजानुस्।म गर्छु।'  आमा गृहिणी हुनुहुन्छ। माइलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिरहेको छ। खास तरक्की गर्न सकेको छैन। बुहारी र छोरा गाउँमै छन्। अर्को दुईजना भाई र मेरी श्रीमती बिन्दु अध्यनरत छन् र आफ्नो करियरमा संघर्षरत छन्। मेरी एउटा छोरी छिन ३ वर्षकी। पछिल्लो ५/६ वर्षदेखि १० जनाको हाम्रो परिवार नितान्त ममा निर्भर छ भने पेशाले म गीतसंगितमा निर्भर छु।

पूर्णकालिन कलाकार भनम न। दर्शकस्रोताको मायाले जेनतेन चलिरहेको छ। हैन, राम्रै चलिरहेको छ। ) खाना खाइवरी कोठामा पुगेपछि श्रीमती बिन्दुजी र मैले हाम्रो अकाउन्ट चेक गर्यौ। यहीवर्ष काठमाडौंमा सानो घर लिएकाले हामीसँग धेरै नगद मौज्दात रहनेछ। व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दुजीले हिसाब निकाल्नु भयो - सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसी–बसी खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामसँग रहेछ। मैले आफूलाई भंयकर सम्पन्न भएको महशुस गरें। मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिइनँ। आत्मसम्मान र सपना को पछि लागें। यद्यपि दुईछाक टार्न गरेको संघर्षको छुट्टै कहाली लाग्दो कथा छ। परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसी–बसी खान पुग्ने धन जोड्नु भनेको ठुलो उपलब्धि हो। मैले खत्रै फट्को मारेको हो, हाम्रो पुर्खाको तुलनामा। बिन्दुजीलाई यति गफ लाइदेको उनी ढुक्क भएर निदाइन्। तर म निदाउन सकिनँ।

nimb
nimb

सम्माननीय प्रधान मन्त्रीज्यू,
के हाम्रो बाले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्री परिषदको कोरोना भाइरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रह्यो भने हामी कति दिनसम्म पाल्न सक्छौं हाम्रो जनतालाई भनेर ? ! के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो? मैले आफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफूले पाल्नुपर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाईं भन्न सक्नुहुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिति आयो भने सरकारसँग कति महिनालाई पुग्ने भकारी छ ? 

समस्या अहिल्यैबाट सुरु भैसकेको छ। कोरोना नआए पनि भोकमरीले अलिअलि छायाँ देखाइसकेको छ ! कम्पनी बन्द भएपछि कतै सेल्फ़ क्वारेन्टाइन त कतै आइसोलेसनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केही हप्तादेखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन! काम ठप्पै भएपछि खल्तीमा डेढदुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महंगिएको पसल अगाडि गएर घन्टौं सोच्छ होला - यति पैसाले स्यानीटाइजर किनम् कि स्यानी छोरीको लागि एक गाँस चामल ? हात धुनें साबुन किनम् कि भात भिजाउने तिउन? कोरोना छेक्ने माक्स किनम कि आँशु पुछ्ने रुमाल ? रोगको डर र भोकको डरमा कति फरक छ ?  रोगले मर्नु र भोकले मर्नुमा मृत्युको मूल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साँझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस् त प्रमज्यू। के भन्दो रछ हजुरको मनले !

ल मानौं परिस्थिति यस्तै भयो- आफूसँग हुँदासम्म खाने, नभए मर्ने स्थिति आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो। यसबाहेक पनि केही रक़म बच्ने भयो करिब - २ लाख रुपैयाँ। एउटा जिम्मेवार नागरिकका हैसियतले यो रकम यो विषम परिस्थितिका निमित्त सहयोग गर्न चाहन्छु। कहाँ कसको नाममा दिने निधो नभएपछि रकम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषज्यूको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु। यो रकम सरकारकै मातहतमा जहाँ चलाए पनि हुन्छ। कोरोनाको आंशकामा बिना पूर्वाधार बिरामी जाँचिरहेका ती हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मीका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागे पनि म खुसी!

सेल्फ क्वारेन्टाइनमा बस्न नपाइ ज्यानको बाजी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्सनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी। रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्धा/ बालबालिका र अन्य रोगले ग्रस्त कोहि कसैलाई दुई बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी। काम धन्दा सबै ठप्प भएर भोकभोकै हुनुपर्ने केही श्रमिक घरपरिवारलाई गोडाएक महिना दुई गाँस दालभात ख्वाउन पाए पनि म खुसी। रकम थोरै छ तर यस्तो परिस्थितिमा जहाँ जसरी काम लागे पनि म खुसी।

ल मानौं, यो सबै परिस्थितीको सामना र जिम्मेवारी सरकारले नै पूरा गर्ने भयो। सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी। यदि फिर्ता आयो भने म यो चेकको केही पैसाले सरकारको महिमामा एउटा गज्जबको गित रेकर्ड गर्नेछु। र बाँकी रकमले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु। उसले धेरै पढोस् र विश्वमा फेरि यस्ता विषम परिस्थिति आयो भने रकम नतोकिएको चेक डोनेसन गर्न सक्ने हैसियत बनाओस्। आफ्नो देशका लागि मात्रै होइन पुरै विश्वका लागि।
आफ्नो र हाम्रो ख्याल राख्नु होला।धन्यवाद।
प्रकाश सपुत 
एक नागरिक/ एक कलाकार।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १७:३४
  • #coronaupdate
  • #सपुत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस
कविता : शोकमा गाईजात्रा छैन
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस शनिबार, भदौ १३, २०८३
कविता : शोकमा गाईजात्रा छैन शनिबार, भदौ १३, २०८३
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्