काठमाडौं- कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै भारत सरकारले आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ। कोरोना संक्रमणका बिरामी बढेसँगै भारतीय सरकारले यस्तो निर्णय गरेको हो। मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी सो निर्णय गरिएको हो।
भारतले यसअघि रेल,सार्वजनिक यातायात र अन्य यात्रामा रोक लगाएको थियो। भारतमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको ५ भने ४ सय २९ जनामा संक्रमण भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।