काठमाडौं- कोरोना भाइरसको आशंकामा कान्ति बाल अस्पतालमा तीन जना बालक आइसोलेसन वार्डमा भर्ना गरिएका छन्। सोमबार दुईजना र आइतबार एकजना बालक आइसोलेसन वार्डमा भर्ना भएको अस्पतालले जनाएको छ। उनीहरु चीन, भारत र कतारबाट फर्किएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनीहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएकाले भर्ना गरेर राखिएको उनले बताए। एक जनाको सोमबार बेलुकी र दुईजनाको मंगलबार मात्र रिपोर्ट आउने अस्पताले जनाएको छ। यसअघि कोरोनाको आशंकामा अस्पतालमा तीन जना भर्ना भएका थिए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।