काठमाडौं- सरकारले आइतबारदेखि सञ्चालनमा ल्याएको ‘कोरोना नियन्त्रण कोष’ को खाता नम्बर सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कोरोना भाइरस उपचार कोषमा रकम जम्मा गर्न सार्वजनिक आह्वान गरेको छ। राष्ट्रिय वाणिज्य बैंकमा उपचार कोषको खाता सुरु गरिएको छ। इच्छुक नागरिकले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ को नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न सक्नेछन्।
बैंकको नाम : राष्ट्रिय वाणिज्य बैंक शाखा‚ सिंहदरबार परिसर
खाताको नाम : कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष खाता नं.-१९६०००००११०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।