काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना संक्रमित युवतीहरुसँगै आएका अन्य यात्रुहरुको परीक्षण गर्न सरकारलाई सुझाव दिएका छन्।
कोराना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक इश्वर पोखरेललाई सुझाव दिदैं थापा सामाजिक सञ्जालमा लेख्छन्, ‘अब ढिला नगरौं।भर्खरै पहिचान भएको संक्रमित व्यक्ति चढेका फ्लाइटका सबै,विमानस्थलमा र त्यसपश्चात उनीसँग सम्पर्कमा आएका सबैलाई अविलम्ब पहिचान गरी,अलग्गै राखी, प्रत्येकको तत्काल परिक्षण गरिहालौं।’
थापाले कन्ट्याक्ट ट्रेसिङको प्रोटोकल बनाएर तयारीमा बस्न उनले सरकारलाई पुनः भनेको स्मरण गराएका छन्।
फ्रान्सबाट चैत ४ मा नेपाल आएकी १९ वर्षीय युवतीलाई कोरोना भाइरसको संक्रमण भएको थियो। उनलाई आइतबार मध्यराति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पुर्याएर उपचार सुरु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।