काठमाडौं- कोरोना संक्रमणको सन्त्राससँगै काठमाडौंका मुख्य र भित्री बजार सुनसान देखिन थालेका छन्। दरबारमार्ग, नयाँ सडक र ठमेलसहितका मुख्य बजार तथा भित्रि बजारमा चहलपहल न्यून भएको हो।
सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर नजान भनेकाले मानिसहरु बजारमा देखिएका छैनन्। सवारी साधन पनि असाध्यै कम चलेका छन्।
कोरोनाको त्रासका कारण काठमाडौंबाट धेरै मानि बाहिरिएका छन्। सोमबार सरकारले नै एक जनामा कोरोना संक्रमण रहेको घोषणा गरिसकेको छ।
कोरोना संक्रमणको प्रकोप नियन्त्रणका लागि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आवातजावत गर्ने क्रम घटेको छ। स्वास्थ्य मन्त्रालय बाहेकका सबै मन्त्रालय रहेको सिंहदरबारमा प्रवेश गर्ने सर्वसाधारणको क्रम ह्वात्तै घटेको छ।
मन्त्री,कर्मचारी,सुरक्षाकर्मी,पत्रकार लगायतको सिंहदरबार भित्र प्रवेश भएपनि सर्वसाधारणको प्रवेश सोमबार अत्यन्तै न्युन रहेको छ।
सिंहदरबारको दक्षिण गेटबाट सोमबार विहानदेखि अपरान्हसम्म ८५५ जना पैदल यात्रामार्फत प्रवेश गरेको दक्षिण गेटमा तैनाथ सुरक्षाकर्मीले जानकारी दिएका छन्। काेराेनाकाे प्रकाेप अघि र साेमबार प्रवेश गर्नेहरुकाे संख्यामा उल्लेखनीय कमि आएकाे छ।
प्रवेश गर्ने सबैलाई ज्वरो नापिएको छ। साथै, हात सफा गर्नका लागि सेनिटाइजरको व्यवस्था समेत गरिएको छ। प्रवेश गर्नेहरुका लागि दिइएको छ । मास्क लगाउन अनुरोध गरिएको छ।२ नर्सलाई समेत स्ट्यान्ड बाइमा राखिएको छ। कर्मचारीहरु मन्त्रालयमा उपस्थित रहेपनि कार्यकक्षमा सुनसान प्रायः छन्।
अस्पताल पनि सुनसान देखिन थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नै पनि सेवाग्राहीको संख्या घटेको छ।


.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।