काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले विश्वभर सन्त्रास फैलाइरहेका बेला मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षाबारे छलफल भएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले त्यस क्षेत्रका नेपाली नियोगका राजदूत र प्रमुखसँग सामेबार भिडियो कन्फ्ररेन्समार्फत् छलफल गरेका हुन्।
परराष्ट्र मन्त्रालयको सेमिनार हलबाट भएको भिडियो कन्फ्रेन्समा मध्यपूर्व क्षेत्रका १० नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग त्यहाँका नेपालीहरुको वर्तमान अवस्था र रोगको नियन्त्रण र स्थानीय सरकारले विदेशी नागरिकलाई गरेको व्यवस्थाका बारेमा छलफल भएको बताइएको छ।
मध्यपूर्व क्षेत्रमा धेरै नेपाली रोजगारका लागि जाने गरेका छन्। कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रका सरकारले बनाएका विभिन्न नियमबारे जानकारी नहुँदा त्यसलाई उल्लघंन गरेको आरोपमा नेपालीहरुलाई ‘डिपोर्ट’ गर्ने क्रम बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।