नयाँ दिल्ली- भारतीय गायिका कनिका कपुरसँग सम्पर्कमा भएका २ सय ६६ जनामा कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ।
कोरोना भाइरसका कारण आइसोलेसनमा बस्नुपर्नेमा कपुर‚ उच्च व्यक्तिहरु र सर्वसाधारणको भीड हुने सार्वजनिक कार्यक्रम र पार्टीमा सहभागी भएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी समेत दर्ता भएको थियो।
उनी कोरोना संक्रमण भएपछि जो-जोसँग सम्पर्कमा आएकी थिइन्‚ ती सबैको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।