सिओल– दक्षिण कोरियास्थित नेपाली दूतावासले भिसा अवधि सकिन लागेका सबै नेपालीहरुलाई अध्यागमनमा सम्पर्क गर्न आग्रह गरेको छ।
कोरियाली सरकारले नेपालीहरुलाई ३० दिनको भिसा थप गरिदिने निर्णय गरेसँगै अवधि सकिने अवस्थामा रहेकाहरुलाई अध्यागमनमा उपस्थिति हुन दूतावासले आग्रह गरेको हो।
कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले कोरियाबाट सिधैं वा ट्रान्जिट हुँदै नेपाल आगमनमा प्रतिबन्ध लगाएसँगै कोरियाले त्यहाँ कार्यरत नेपालीहरुको ३० दिनका लागि भिसा थप गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।