काठमाडौं- बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिले कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्ने भन्दै स्यानिटाइजर र मास्क वितरण गरेको छ। नेपालमा पनि काेराेना भाइरसको रोकथामको प्रयास भैरहेका बेला उसले स्यानिटाइजर र मास्क वितरण गरेकाे हाे।
कम्पनीले कोरोना भाइरस फैलिन नदिन आमनागरिकहरुलाई हात धुन स्यानिटाइजर र नाकमुख छाेप्न मास्क वितरण गरेको जनाएकाे छ। उक्त सामग्री काठमाडौं उपत्यकाभित्रका धेरै भीडभाड हुने विभिन्न स्थानहरुमा वितरण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो सामाजिक दायित्व बहन गर्दै देशमा अप्ठेरो अवस्था आएको बेला सहयोग उपलब्ध गराएको बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक गौरव गाडियाले बताए। हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।