काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसबाट देशमुक्त नहुँदासम्म आक्रामक कारबाही बन्द गरिएको जनाएको छ। विप्लवले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्ना आक्रामक गतिविधि बन्द गर्ने निर्णय गरेको हो। तर, सरकार दमनको प्रतिरोध कारबाही भने गरिने जनाएको छ।
सरकारले २८ फागुन ०७५ मा प्रतिबन्द लगाएपछि बम विस्फोट गराउने, चन्दा असुल्ने, जनप्रतिनिधिहरूलाई कालोमोसो लगाउने जस्ता काम सो पार्टीले गर्दै आएको छ। आफ्ना पार्टीका नेता कार्यकर्तालाई कोरोना भाइरसको संक्रमणविरुद्ध जनचेतना अभियानमा लाग्न आग्रह गरिएको छ।
प्रतिबन्धित नेकपाले चिकित्सक एवम् स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न अनुरोध गरेको छ।
कोरोनाले विश्वव्यापी रूपमा ठूलो क्षति पुर्याएकाले नेपालमा पनि संक्रमणबाट जोगिन आग्रह गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।