काठमाडौं–कोरोना भाइरस संक्रमणविरुद्ध जुध्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड सहयोग गर्ने घोषणा गरेको छ ।
संघको आइतबार बसेको बैठकले १ करोड सहयोगको घोषणा गरेको हो।
प्रधानमन्त्री राहतकोषमार्फत् वा सल्लाहबमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरिएको संघका अध्यक्ष कुमार पन्तले बताए ।
संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।