काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका सदस्य तथा विप्लवका माइला दाइसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विप्लवका दाइ जयन्द्र बहादुर चन्दसहित ६ जनालाई प्रहरीको विशेष ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आइतबार पक्राउ गरेको हो।
पक्राउ परेका जयन्द्र विप्लव नेकपाको गणतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष रहेको ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
त्यसैगरी चन्दसँगै विनोद चन्द, अनिल मगर, कृष्ण मगर, कमल मगर र प्रेम केसी पक्राउ परेका छन्।
सरकारले गत वर्षको फागुनमा विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्ता पक्राउ पर्दै आएका छन्। उनीहरुमाथि पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बिस्फोटमा अनुसन्धान सुरु गरिएको एसएसपी राईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।