काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरसको संक्रमणबाट बँच्न १४ दिन पुरै लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन्।
नागरिकको हेलचेक्र्याँइले धेरै देशमा कोरोना भाइरस फैलिएको जनाउँदै उनले कम्तिमा दुई साता ‘लक डाउन’ गर्न सरकारसँग अनुरोध गरेका छन्।
‘धेरै देशका जनताले कोरोना भाईरसलाई हेलचेक्रे्याइँ गर्दा यो भाईरस फैलिएको र धेरै मान्छे संक्रमित भएको देखिन गएको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारसँग विनम्रपूर्वक आग्रह गर्दछु कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लकडाउन गरौं।’
जनतामा बढेको त्रास हटाउन सबै पक्ष एक हुनुपर्ने नेता पौडेलको जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।