एजेन्सी–अमेरिकी सिनेटर र्यान्ड पौल कोरोना भाइरस संक्रमित भएका छन्। उनी केन्टकीबाट रिपब्लिकन सिनेटर हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै पौल ‘चाइनिज भाइरसको पोजिटिभ भएको र उनी चाँडै निको हुने’ भन्दै ट्वीट गरेका छन्।
यसअघि ट्रम्पले पनि आफू संक्रमित भएको आशंकामा स्वास्थ्य जाँच गरेका थिए। तर उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।