एजेन्सी–कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै क्यानडाले जापानमा हुने ओलम्पिकमा भाग नलिने घोषणा गरेको छ। क्यानडाले ओलम्पिकमा खेलाडी र टीम नपठाउने निर्णय गरेको हो।
जापानका प्रधानमन्त्री शिन्जो आबेले तोकिएको समयमा ओलम्पिक सम्पन्न गर्न नसकिने भएमा केही समय पछाडि सार्न सकिने बताएका थिए । उनले यस्तो स्थितिमा खेल पछाडि सार्ने विकल्पमा छलफल भइरहेको पनि दाबी गरेका थिए। खेल नै रद्ध गर्ने उत्तम विकल्प नभएको भन्दै उनले पर सार्ने नै उत्तम उपाय हुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।