काठमाडौं–होटल एशोसियसन अफ नेपाल (हान)ले ठूला होटलमा १५ दिनमा २ अर्ब घाटा भएको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष बुझाएका छन्।
यसैगरी सोही अवधिमा हेलिकोप्टर उडानमा १५ करोडभन्दा बढी क्षति भएको भन्दै निजी हवाई सेवा सञ्चालकको छाता संगठन वायुसेवा अपरेटर संघले मन्त्री भट्टराईसमक्ष विवरण बुझाएका छन्।
केही दिनअघि पर्यटन व्यावसायीसँगको छलफलमा उच्चस्तरीय समितिको संयोजक एवं रक्षामन्त्री इश्वर पोखरेलले मौखिक र हचुवाका भरमा नभइ क्षतिको विवरण संस्थागत रूपमा पेस गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।