काठमाडौं- कोरोना भाइरका कारण छिमेकी भारतमा आइतबार मात्र दुई जनाको बिरामीको मृत्यु भएको छ भने विगत २४ घन्टामा ८० नयाँ संक्रमित फेला परेका छन्।
यो सँगै भारतमा कोरोना भाइरसका कारण मर्नेको संख्या ७ पुगेको छ। यसअघि आइतबार बिहान मात्र विहारमा एक जनाको भाइरसका कारण मृत्यु भएको थियो भने दोस्रो व्यक्तिको मृत्यु सुरतमा भएको थियो।
पछिल्लो २४ घन्टामा भारतमा ८० जना नयाँ बिरामी देखापरेका छन्।
अहिलेसम्म भारतमा कोरोना भाइरसका बिरामीको संख्या ३९१ पुगेको छ। सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा पाइएको छ।
महाराष्ट्रमा ७० जना बिरामी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।