काठमाडौं- सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कोष खडा गरेको छ। ५० करोड रुपैयाँको कोषमा मन्त्रीपरिषद्का सबै सदस्यले १ महिनाको तलब जम्मा गर्ने भएका छन्। यसका साथै सो कोषमा सार्वजनिक रूपमा नै पैसा जम्मा गर्न समेत सरकारले आह्वान गरेक छ।
सिमा नाकाबाट नेपाल भित्रिएका कोरोना संक्रमणका शंकास्पद व्यक्ति भाग्नबाट रोक्न सीमामा सेना र प्रहरी खटाउने समेत निर्णय सरकारले गरेको छ।
सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार आइतबार बसेको बैठकले स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा सिमामा संयुक्त टोली खटाउने निर्णय गरेको हो।
यसैगरी सरकारले वैदेशिक सहायता परिचालन गर्ने समेत भएको छ। सरकारले सार्वजनिक र सरकारी सेवा नियमित गर्ने समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।