काठमाडौं- सरकारले कोरोना प्रभावितको उपचारका लागि सशस्त्र प्रहरीको बलम्बुमा रहेको अस्पताललाई उपचार कक्षका रूपमा विकास गर्ने निर्णय गरेको छ।
बलम्बुमा रहेको यो अस्पताल अन्य अस्पतालको तुलनामा एकान्तमा रहेको र भीडभाड कम हुने भएकाले कोरोना उपचारका लागि तयार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले आपूर्ति व्यवस्थापन सहज बनाउन सम्पूर्ण निकायबीच समन्वय गर्ने पनि निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसैगरी मन्त्रिपरिषदकोझ बैठकले ५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने र त्यसमा नेपाल सरकारका मन्त्रीहरुले एक महिनाको तलब योगदान दिने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।