काठमाडौं- सरकारले चीन र भारतका बसै नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो। मन्त्रिपरिषदको यो निर्णय सोमबार बिहान १० बजेटबाट लागू हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
ती मन्त्रीका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले तयार गरेको अत्वाश्यक सामग्रीको आयात तत्काल गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मन्त्रीसँग अहिले भइरहेका कामको विषयमा ब्रिफिङ पनि लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।