काठमाडौं–कोरोना भाइरसका कारण फ्रान्समा डाक्टरको मृत्यु भएको छ। कोरोना भाइरसको उपचारपछि आफै संक्रमित भएका ती डाक्टरको मृत्यु भएको हो। फ्रान्सका स्वास्थ्यमन्त्री ओलीभर भिराउनले यसको पुष्टि गरेका छन्।
‘यो पहिलो पटक हो मैले थाहा पाएसम्म,’ उनले भने। फ्रान्समा ४५० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् भने १२ हजार ४ सय ७५ रहेका छन्। विश्वभर कोरोनाबाट ३ लाख १७ हजार संक्रमित भएका छन् भने १३ हजार ६ सय ४२ को मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।