काठमाडौं– नेपाल चेम्बर अर्फ कमर्ससँग आबद्ध निजी क्षेत्रका व्यवसायीले सरकारसँग राहत तथा छुटका प्याकेज माग गरेका छन्। कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी संक्रमणले नेपालको समग्र अर्थव्यवस्थामा असर गरेको भन्दै चेम्बरले सरकारसँग सहुलियत मागको निवेदन बुझाएको हो।
चेम्बरले विज्ञप्ति जारी गर्दै सरकारसँग राहत माग गरेकाे हाे।
- तत्काल उद्यमी व्यवसायीले दाखिला गर्न पर्ने आयकर तथा मूल्य अभिवृद्धि करहालको समायवधि हेरि अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नुपर्ने।
- सीमावर्ती भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन चार्जमा पूर्णतः छुट हुनुपर्ने
- भुक्तानी भएको कारोबारमा मात्र मूल्य अभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने
- बैंकहरुले ऋणको भुक्तानीको अवधि रि-सेड्युलिङ गर्ने व्यवस्था मिलाउनुपर्ने
- बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको व्याजदरमा कम्तीमा ५ प्रतिशत सरकारी अनुदान
- २ प्रतिशत बैंकबाट सहुलियतको व्यवस्था हुनुपर्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।