काठमाडौं- विश्वका विभिन्न मुलुक पुगेका १४ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएकाे छ भने एक जनाको मृत्यु भएको छ।
रोजगारी तथा अध्ययनको सिलसिलामा विश्वका विभिन्न मुलुक पुगेका १४ नेपाली कोरोना संक्रमण भएको हो ।
कोरोना संक्रमित हुनेहरुमा रोजगारीका सिलसिलामा पोर्चुगल पुगेका ६ जना, बहराइनमा ३ जना, कतारमा २ जना, युएईमा २ जना, अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका १ जना रहेका छन् ।
बेलायतमा रहेका एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यू हुनेमा बेलायती सेनाका पूर्व कर्मचारीसमेत रहेका ६६ वर्षीय लिलबहादुर राई छन्।
चीनको वुहानबाट नेपाल फर्किएका १ जनामा संक्रमण भेटिएकोमा उपचार पनि सञ्चो भएर घर फर्किसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।