नयाँदिल्ली-भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेकाे छ। आइतबार गुजरातमा एक जनाको मृत्यु भएको हो। सुरतको एक निजी अस्पतालमा उपचारका क्रममा ६७ वर्षीया महिलाकाे मृत्यु भएको हो।
कोरोना पोजेटिभ भएर मृत्यु भएका उनी सुरतसम्म रेलमा आएका थिए। उनी पहिले नै मिर्गाैलाका बिरामी रहेकाे जनाइएकाे ५। यसअघि विहारमा एक जनाको मृत्यु भएको थियो । भारतमा हालसम्म ३५४ बिरामी भेटिएका छन्। भारतमा आज जनता कर्फ्यू चलिरहेको ।
शनिबारमात्रै थप ७१ जनामा काेराेनाकाे संक्रमण देखिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तीमध्ये ३०० जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ। २३ जना उपचारपछि निकाे भएका छन्।
दैनिक भास्करका अनुसार एक ४ वर्षीय बालकमा पनि काेराेना देखिएकाे छ। बच्चाकाे पुन: नमूना परीक्षणका लागि ल्याबमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।