काठमाडौं - चालु आर्थिक वर्षको पहिलो ८ महिना अवधिमा आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ भने निर्यात २२ दशमलव ३५ प्रतिशतले बढेको देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/७६ को पहिलो ८ महिना अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयातको अनुपात घटेको र निर्यातको अनुपात घटेको देखिएको हो।
गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालले कुल ९ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षमा आयात करिब २५ अर्ब रुपैयाँले घटेर ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख रुपैयाँ बराबर पुगेको छ। त्यस्तै, निर्यात गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६१ अर्ब २२ करोड रुपैयाँ बराबर रहेकोमा चालु आर्थिक बढेर ९४ अर्ब ९० करोड रुपैयाँ बराबर पुगेको छ।
त्यसो त चालु आर्थिक वर्षको यो अवधिसम्ममा मुलुकले गरेको कुल वैदेशिक व्यापारमा नै गिरावट देखिएको छ। गतवर्ष यो अवधिमा १० खर्ब १० अर्ब ३३ करोड ४१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा चालु आर्थिक वर्ष घटेर ९ खर्ब ९९ अर्ब १५ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ।
घट्दो आयात र बढ्दो निर्यातका कारण ८ महिना अवधिमा कुल व्यापार घाटा पनि ४ दशमलव ३४ प्रतिशतले घटेको छ। यो अवधिमा मुलुकको व्यापार घाटा साढे ८ खर्बको हाराहारीमा पुगेको छ।
विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा नेपालले कुल ९ खर्ब ९९ अर्ब १५ करोड ५ लाख ८१ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ८ अर्ब ४९ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।