काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिले सीमानामा कडाइ गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार बसेको बैठकले विभिन्न देशबाट आउने व्यक्तिहरुको स्वास्थ्य परीक्षणमा कडाइ गर्न पनि सरकारलाई निर्देशन दिएको हो।
समितिकी सदस्य पम्फा भुसालले भारतबाट आउने नेपाली तथा भारतीय नागरिकको स्वास्थ्यमा विशेष ख्याल गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिइन्।
यसैगरी, बैठकले विभिन्न देशबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोग तत्काल स्वीकार गरी कोरोनाको प्रतिरोधमा प्रयोग गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसमेत उपस्थित थिए। भट्टलाई सांसदहरुले खाद्यन्न आपूर्तिको अवस्था र कालोबजारी नियमन गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।