काठमाडौं- मास्क र सेनिटाइजरको कोलोबजारी गर्ने चार व्यापारी समातिएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुरस्थित बजार अनुगमनमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
जनकपुर उपमहानगरपालिका-४ स्थित सुस्मिता मेडिकलबाट मास्को संजय साहलाई माक्सको कालो बजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको छ।
धनुषा जनकपुर उपमहानगरपालिका-८ भमरपुरा चोकस्थित अटल फार्मेसीबाट २६ वर्षीय अनिल यादव र महोत्तरी जलेश्वर नगरपालिका-६ बस्ने ३० वर्षीय प्रभन्स चौधरीलाई सेनिटाइजरको कालोबजारी गरेकाले पक्राउ गरिएको छ।
त्यस्तै धनुषा जनकपुर उपमहानगरपालिका–४ स्थित सम्पूर्ण मेडिकलबाट ३२ को सञ्जय साहलाई मास्कको कालोबजारी गरेकाले पक्राउ गरिएको हो।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।