नयाँदिल्ली–पूर्व घोषित नीतिअनुसार भारतमा आइतबार ‘जनता कर्फ्यु’को अभ्यास गरिँदैछ। स्थानीय समय अनुसार बिहान ७ बजेदेखि सुरु भएको कर्फ्यु १४ घण्टासम्म जारी रहने छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न जनतालाई घरबाहिर ननिस्कन आह्वान गरेका छन्।
‘आउनुहोस्, यो कर्फ्युमा सहभागी हुनुहोस्, जसले कोभिड–१९ को खतराविरुद्ध लड्न शक्ति प्रदान गर्ने छ,’ जनता कर्फ्यु सुरु हुनेबित्तिकै मोदीले ट्वीट गरेका छन्, ‘अहिले हामीले चाल्ने कदमले आउने दिनमा सहयोग पुर्याउने छ। घरैभित्रै रहनुहोस्, स्वस्थ रहनुहोस्।’
‘जनता कर्फ्यु’को अभ्यासका कारण दिल्लीलगायत भारतभरको जनजीवन निकै सुनसान बनेको छ।
तस्बिरमा हेरौं, जनता कर्फ्युमा सुनसान बनेको भारत:






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।