काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना संक्रमण व्यवस्थापन समिति गठन गरेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा सो समिति गठन गरेको हो।
समितिको छलफल आइतबार दिउँसो दुई बजे रहेको विभागका महानिर्देशक कुमार दाहालले बताए।
‘यो विपत्कालीन अवस्थामा आन्तरिक रोजगारी तथा वैदेशिक रोजगारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल केद्रिन्त रहने छ,’ महानिर्देशक दाहालले नेपाल लाइभसँग भने।
समितिले आन्तरिक तथा वैदेशिक रोजगारीमा परेका समस्यामाथि समाधानका लागि पहल गर्ने मन्त्रालयले जनाएको छ।
श्रमिकलाई सचेत गराउने तथा समस्यामा परेको अवस्थामा सहजीकरण गर्ने समेत उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।