• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मनकारी अर्बपति : कोरोनाविरुद्ध जुध्न कसले कति सहयोग गरे?

64x64
नेपाल लाइभ आइतबार, चैत ९, २०७६  १३:३२
1140x725

काठमाडौं–विश्वका धनाढ्यहरु सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुन्छन्। कोही व्यक्तिगत रुपमा त कोही ट्रस्ट तथा सामाजिक सेवा गर्ने संस्था नै खोलेर आर्थिक सहयोग गरिरहेका हुन्छन्। कोरोना संक्रमण विश्वभरि नै देखिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यस्तो बेला अर्बपति धनाढ्यहरु पनि आफ्नो सामाजिक उत्तरदायित्व तथा सेवाको भावनाले सहयोग गरिरहेका छन्। उनीहरु एकपछि अर्को गर्दै सहयोगका लागि प्रतिवद्धता जनाइरहेका छन्। 

कसकाे कति सहयोग?

ज्याक मा
अनलाइन व्यापार कम्पनी अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा देखिएका छन्। उनले विश्वका ५ दर्जन मुलकमा आर्थिक र प्राविधिक दुवै खालको सहयोग गरिरहेका छन्। विश्वभर फैलिएको यो महामारीविरुद्ध लड्न सबै एक भएर लाग्नुपर्ने सन्देश उनले सामाजिक सञ्जालमा बारम्बार राखिरहेका छन्। विश्व नै एक भएर लडौं (वान वर्ल्ड, वान फाईट) भन्दै ज्याकले हरेक दिनजसो केही न केही सहयोगको घोषणा गरिरहेका छन्। 

उनले शनिबारमात्र नेपालसहित १० एसियाली मुलुकका लागि १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटरजस्ता सामग्री सहयोगको घोषणा गरेका छन्। नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमारलगायत १० मुलुकका लागि उनले सहयोग घोषणा गरेका थिए।

त्यस्तै, आइतबार ज्याकले दक्षिण अमेरिकी मुलुक ब्राजिल, अर्जेन्टिना, चिली, क्युवालगायतका लागि २० लाख मास्क, ४ लाख टेस्ट किट र  १ सय ४ भेन्टिलेटर उपलब्ध गराएका छन्। यसअघि ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले संयुक्त रुपमा जापान, कोरिया, इटाली, इरान र स्पेनलाई मास्क टेस्टिङ किट उपलब्ध गराएका थिए। त्यस्तै, ५ लाखको संख्यामा कोरोना टेस्टिङ किट र १० लाख मास्क अमेरिकालाई हस्तान्तरण गरेका छन्। 

बिल गेट्स

‘बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसन’ नामक लोकोपकारी संस्था खोलेर बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सामाजिक सेवामा लागेका छन। उक्त संस्थाले स्वास्थ्य सामग्रीको सहज उपलब्धता र वितरणमा सघाइरहेको छ। त्यस्तै अहिलेसम्म पत्ता लाग्न नसकेको कोरोनाविरुद्धको भ्याक्सिनको अध्ययन अनुसन्धानमा पनि गेट्स फाउण्डेसनले सघाइरहेको छ।

बिल गेट्सले कोभिड–१९ विरुद्ध लड्न मार्च ५ मा पहिलोपटक १ सय मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग घोषणा गरेका थिए। यो रकम विश्वका सबै मुलुकहरुमा गेट्स फाउण्डेसनमार्फत् वितरण गरिने सहयोग हो। त्यसपछि पनि उनले अमेरिकाका लागि मात्रै पनि विभिन्न सहयोग घोषणा गरेका छन्। अमेरिकी सरकारको ‘नेसनल ट्रयाकिङ सिस्टोम फर कोरोना भाइरस’ अभियानमा गेट्सले प्रत्यक्ष रुपमा सघाइरहेका छन। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्का अर्बपति वारेन वफेटले पनि बिल गेट्स फाउण्डेसनमार्फत् सहयोगको प्रतिवद्धता जनाएका छन। बिल गेट्स सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक हुन। गेट्स फाउण्डेसनले २०७२ सालको विनाशकारी भूकम्पका बेला नेपाललाई सहयोग गरेको थियो। 

जेफ बेजोस 

अमेजन कम्पनीका मालिक बजोसले अमेरिकी संसद ह्वाइट हाउसमै गएर  औषधि र घरायसी प्रयोजनका सामान वितरणमा सहजताका लागि आफ्नो कम्पनीले १ लाखको संख्यामा कामदार खटाउने आस्वासन दिईसकेका छन्। त्यस्तै वासिङ्टन डिसीमा आधारित भएर सामाजिक सेवा तथा परोपकारमा लागेका साना संस्थाहरुसँग मिलेर १ मिलियन अमेरिकी डलर बराबरको राहत रकम बाड्ने घोषणा बेजोसले गरेका छन।

एसिटी फर अलेक्जेन्ड्रा, आर्लिङ्टन कम्युनिटी फाउन्डेसन, कम्युनिटी फाउण्डेसन फर नर्दन भर्जिनियालगायत आधा दर्जन सामाजिक संस्थासँग मिलेर अमेजन कम्पनीले घरायसी सामग्री तथा अत्यावश्यक वस्तु र खाना उपलब्ध गराइरहेका छन्। बेजोस र अमेजनले आर्थिक सहयोगभन्दा पनि वस्तुको सहज वितरणका लागि आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धताबारे अमेरिकी संसदलाई जानकारी दिईसकेका छन्। 

Xtrem

Xtrem

मार्क जुकरबर्ग

सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले युसी सान फ्रान्सिस्को र स्टाण्डफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिड १९ परीक्षण र उपचार ९टेस्टिङ एण्ड डाइग्नोस्टिक० का लागि क्षमता बढाउन सहयोग गरिरहेका छन्। त्यस्तै उनले कोभिड १९बाट प्रत्यक्ष प्रभावित हुने साना व्यापारका लागि अनुदान दिन मार्च १७ मा १ सय मिलियन अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेका छन्। फेसबुक कम्पनीको ‘सोसल मिडिया ग्रान्ट’ कोषबाट पनि जुकरबर्गले युनाइटेड नेसन फाउण्डेसनलाई २० मिलियन अमेरिकी डलर दिने घोषणा गरेका छन। त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), र युएस सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसि) का लागि पनि जुकरबर्गले सहयोग घोषणा गरेका छन। 

बेर्नार्ड आर्नल्ट

फ्रान्सको प्रख्यात कम्पनी एलभिएमएचका मालिक हुन बेर्नार्ड आर्नल्ट। उनले आफ्नो कम्पनीले उत्पादन गर्दै आएको बडी पफ्र्युम तथा सौन्दर्य सामग्रीको उत्पादन बन्द गरेर मास्क, सेनिटाइजर तथा ह्याण्ड वाससम्बन्धी सामग्री उत्पादन गर्न थालेका छन्। पछिल्लो हप्तामात्र एलभिएमएच कम्पनीले १२ हजार मेट्रिक टन हाइड्रोअल्कोहलिक जेल ९ह्याण्ड सेनिटाइजर० फ्रान्सका विभिन्न सरकारी निकायलाई बिना शुल्क उपलब्ध गरायो। 

जर्जियो अर्मानी 

इटालियन अर्बपति जर्जियो अर्मानीले मिलान र रोम सहरका विभिन्न अस्पतालका लागि ४० मिलियन अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग गरेका छन्। अर्मानीको यो कदमपछि उनकै नेतृत्वमा इटालीका अर्बपतिहरुले एक संयुक्त कोषमार्फत इटालीका अस्पताललाई आर्थिक सहयोग गरिरहेका छन। 

नेपालका धनाढ्यको मौनताको सामाजिक सञ्जालमा चर्चा

विश्वका धनाढ्यहरुले कोरोनाविरुद्ध जुध्न एकपछि अर्को सहयोगको घोषणा गरिरहेको अवस्थामा नेपालका धनाढ्यहरु भने मौन बसेको चर्चा सामाजिक सञ्जालमा हुन थालेको छ। बेलामौकामा सामाजिक उत्तरदायित्व तथा सेवाका लागि झुल्किने अर्बपतिहरु अहिले किन चुपचाप लागेर बसेका होलान् भनेर उनीहरुको आलोचनासमेत हुन थालेको छ। 

२०७२ को विकासकारी भूकम्पका बेला विभिन्न राहत प्याकेज बाँड्न मध्यमवर्गदेखि माथिल्ला व्यावसायिक घरानासम्मले देखाएको तत्परता अहिले नदेखिएको टिप्पणी हुन थालेका छन्।
 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्