काठमाडौं– कोरोना जोखिम न्यूनकरणका लागि भन्दै सरकारले अत्यावश्यक क्षेत्रबाहेक ९ गते २१ गतेसम्म सबै सरकारीदेखि निजी क्षेत्रको काम बन्द गर्ने निर्णय गरेको छ।
अत्यावश्यक सूचीमा होटल र रेष्टुराँ पनि पर्छन्। सरकारी निर्णय अनुसार होटल बन्द गर्न पाइँदैन। तर, पाँत तारे होटे हयात रिजेन्सी बन्द भइसेको छ। अन्य तारे होटल पनि बन्दको तयारी भइरहेको बेला सरकारको निर्णयका कारण अन्योलमा परेका छन्।
होटल एसोसिएसन नेपाल (हान)का बरिष्ठ उपाध्यक्ष विनायक शाहले पनि यस विषयमा व्यवसायीहरु बीच छलफल हुने बताएका छन।
‘एउटा तारे होटल अपरेशन गर्दा दैनिक ५ लाख रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘तर, सरकारी निर्णयअनुसार बन्द गर्न पाइँदैन। ग्राहक नै छैनन भनेर कसरी होटल अपरेशन गर्न भन्ने विषयमा अन्योल छ। व्यवसायीको छलफलबाट बन्द गर्ने की खोल्ने विषयमा निर्णय हुन्छ।’
अहिले नेपालमा तारेहोटलको संख्या बढिरहेको छ भने कतिपय विदेशी चेन होटल पनि नेपालमा सञ्चालन भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।