काठमाडौं- निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरलाइन्सले सरकारबाट स्वीकृत प्राप्त अधिकतम भाडादरमा समायोजन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आग्रह अनसार बुद्ध एयरले पनि भाडा समायोजन गरेको हो।
श्री एयरले शनिबारदेखि नै भाडा समायोजन गरेर सरकारबाट स्वीकृत प्राप्त भन्दा कम दरमा उडान थालेको थियो।
बुद्ध एयरले लामो दूरीको बस सञ्चालन नहुँदासम्मको लागि भन्दै भाडा समायोजन गरेको हो। भाडा समायोजन सँगै बुद्धले यात्रुको चाप बढेपछि उडान संख्या पनि बढाएको छ।
बुद्ध एयरसँग अहिले साना र ठूला गरी १४ वटा जहाज छन। बुद्धले अहिले विराटनगर, भद्रपुर, तुम्लिङटार, सिमरा, भैरहवा, जनकपुर। राजविराज, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत र पोखरामा उडान गर्दै आएको छ।
यस्तो छ बुद्ध एयरको भाडादर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।