• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओली बहिर्गमनको बहस किन नगर्ने?

सौगात गौतम आइतबार, चैत ९, २०७६  १२:४५
1140x725

एउटा फुटबल खेल सम्झौँ। दुई टोली एक अर्कासँग भिड्दै हुन्छन्। ९० मिनेटको खेलमा २० मिनेटपश्चात् एउटा टोलीको कप्तान घाइते हुन्छन्। प्राथमिक उपचारको लागि उनलाई खेल मैदान बाहिर लगिन्छ। अनि उनको समस्या ठूलै देखिएता पनि कप्तान आफ्नो टोलीलाई नेतृत्वविहीन बनाउन चाहँदैन र खेल्ने इच्छा देखाउँछन्। खेल २५ मिनेटमा चल्दै छ। उनलाई केही मलमपट्टी गर्दा पनि अर्को २० मिनेट लाग्ने पक्कापक्की देखियो।

यसो हिसाब गर्दा खेलको पहिलो हाफ कप्तानविहीन हुने देखियो। अहिलेको अवस्थामा कप्तानले जिद्दी कसेका छन्, खेलमा फर्किन्छु भन्दै। खेलाडीहरू अलमल गर्दै छन्। कप्तानविहीन हुँदाको गाह्रो आफ्नै ठाउँमा छ तर कप्तानको इच्छा शक्तिको सम्मान गर्छन् खेलाडीहरू। खेलाडी हुँदै कप्तान हुन पनि उनले धेरै त्याग गरेका छन्। शारीरिक रूपले चुस्त नभए पनि उनको उपस्थितिले नै पनि खेलाडीलाई प्रोत्साहन गर्छ।

खेल प्रशिक्षक कप्तानलाई हटाउने सोचमा छन् तर कप्तानको सहमतिमा मात्र। कप्तानलाई राख्नु र हटाउनुको अप्ठ्यारो उनले बुझेका छन्। खेल बन्ने भन्दा पनि बिग्रिने सम्भावना बढी भयो अब। यसमा सबैभन्दा महत्त्वपूर्ण मुद्दा भनेको टोली नेतृत्वविहीन भएको छ। वा भनौँ, टोलीमा हुँदाहुँदै पनि योगदान गर्न नसक्ने अवस्थामा छन् कप्तान। आराम गरेर अर्कै खेलाडीलाई कप्तानी सुम्पने कि जिद्दी कसेर खेल खेल्न तम्सिनेको टुंगो छैन।

टोलीका समर्थकहरू पनि अन्योलमा छन्। कप्तान मैदानमा आउने नआउने, आए कति बेला आउने हुन् जस्ता कुरा हुन थालेका छन्।

अहिले पनि प्रधानमन्त्रीको राजीनामा वा विकल्पको चर्चा भएको छैन बरु उनको स्वास्थ्य लाभको कामना गरिँदै छ।

माथिको खेललाई अहिलेको हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्थासँग तुलना गरौँ, उस्तै लाग्छ। उनको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जनाएको छ। तर पत्र-पत्रिकामा आएको समाचार मान्ने हो भने स्वास्थ्य सामान्य हुन ६ महिनादेखि १ वर्ष सम्म लाग्ने देखिएको छ।

यहाँ केपी ओली नामका एक व्यक्ति बिरामी भएको देखिएला। तर त्यसले एउटा संस्थालाई नै बिरामी भएको बारे बहस हुन सकेको छैन। हाम्रो संस्कारले पनि कसैलाई दुःख पर्दा उसलाई के गर्दा ठीक हुन्छ भनेर मन्थन गर्नेभन्दा पनि उसको लागि प्रार्थना गर्ने गर्छ। किनभने, पिडामा हुनेको लागि विचार विमर्श गर्नु भनेको नराम्रो हुनु हो। हामी कसैलाई नराम्रो हुन मन लाग्दैन। त्यसैले सकारात्मक कुरा गरेर बहस सुरु गर्न खोज्दैनौं।

अहिले पनि प्रधानमन्त्रीको राजीनामा वा विकल्पको चर्चा भएको छैन बरु उनको स्वास्थ्य लाभको कामना गरिँदै छ। हाम्रो सांस्कृतिक बनोट नै यस्तो छ कि यतिबेला प्रधानमन्त्रीलाई कुर्सी छोड्नुस् भन्ने मानिसहरू अमानवीय सुनिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

माथिको खेलमा पनि कप्तानलाई निकालीहाल्न नसक्नुको कारण भनेको भावनात्मक हो। त्यसमा व्यावहारिक कारण छैन। व्यवहारले त कप्तानले खेल मैदान छोडेर अन्य खेलाडीलाई खेल्न दिनु नै उचित र नैतिक हुन्छ। कप्तानलाई मैदान छोडेर भाग्न भनिएको हैन, बरु उनले अर्को सम्भावित कप्तानलाई जन्माउ र अवसर नपाएका अरु खेलाडीलाई आफ्नो कौशल प्रस्तुत गर्ने अवसर देऊ भनेको हो। अब यो कोणबाट विश्लेषण गर्ने कि नगर्ने? 

प्रधानमन्त्रीको स्वास्थ्य चिन्ताजनक कि सुधारोन्मुख 
अस्पतालमा मिर्गौला प्रत्यारोपणअघि सञ्चारकर्मी सँग प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले भनेका थिए- ६ दिनमा काममा फर्किन्छु।

उनको आत्मविश्वास, आत्मबल र इच्छाशक्तिको कदर नगर्ने सायदै कोही होलान्। चिकित्सकहरूले पनि बारम्बार प्रधानमन्त्री औषधिभन्दा पनि इच्छाशक्तिले बाँचेका छन् भनेकै हुन्। एउटा सक्षम नेतृत्वमा हुनपर्ने गुण हो दृढ इच्छाशक्ति। तर यसको साथसाथै बलियो शारीरिक र मानसिक स्वास्थ्य पनि हो। तर उनको स्वास्थ्यलाई लिएर धेरै नै अनावश्यक चर्चा हुने गरेको छ।

यो पहिलो पटक होइन, उनको स्वास्थ्य बिग्रिएको। कतिपय बेलामा त उनको स्वास्थ्य अवस्थबारे जनताहरूलाई समेत गुमराहमा राखिने गरिएको छ। यो प्रधानमन्त्रीको सचिवालयको अकर्मण्यता हो।

Xtrem

Xtrem

यही वर्ष साउन र भदौमा उनी दुई पटक सिंगापुर गए। त्यस बेला पनि उनको स्वास्थ्यलाई लिएर धेरै अड्कलबाजी भए। साउनमा सिंगापुर जाँदा गुपचुप गएका थिए। स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी नदिएको भन्दै सरकारको र सचिवालयको आलोचना भएपछि प्रधानमन्त्री दोस्रो पटक भदौमा सिंगापुर जाने आधिकारिक विज्ञप्ति जारी गरियो।

महत्त्वपूर्ण कुरा के हो भने, यसरी कार्यकारी प्रमुखको स्वास्थ्यबारे पूरै मिडिया, राजनीतिक दल र राज्यको अंगहरू लाग्नु भनेको राष्ट्र नै अनुत्पादक हुनु हो। झन् अहिले कोरोना भाइरसको महामारीमा अनुत्पादक हुनु राम्रो हैन।

यो पहिलो पटक होइन, उनको स्वास्थ्य बिग्रिएको। कतिपय बेलामा त उनको स्वास्थ्य अवस्थबारे जनताहरूलाई समेत गुमराहमा राखिने गरिएको छ।

अहिले व्यक्तिको शल्यक्रिया भएको हैन, मन्त्रिपरिषद् हाँक्ने संस्थाको शल्यक्रिया भएको हो। उनको स्वास्थ्य चिन्ताजनक र सुधार के हो भनेर मिडियाको जुहारीले जनतालाई अन्योलमा राखेको छ। सुन्दा तीतो लाग्ला तर उनको स्वास्थ्यको आडमा राजनीति हुँदै आएको छ। त्यसको उदाहरण भनेको बेला बेलामा प्रधानमन्त्रीको आउने वक्तव्यहरू हुन्। त्यस्तो बेला प्रधानमन्त्री विरोधीहरूले आफ्नो स्वास्थ्यबारे दुष्प्रचार गरे पनि अर्को चुनावमा सामना गर्न चुनौती दिँदै आएका छन्। १५ वर्ष राजनीतिमा जम्ने उनको अभिव्यक्तिले पनि दर्साउँछ- उनी पनि आफ्नो स्वास्थ्यलाई लिएर हुने विश्लेषणलाई खण्डन गर्छन्।

प्रधानमन्त्रीलाई उचाल्ने काम धेरै भएको अनुमान सहजै लाउन सकिन्छ। त्यसैले यसरी जुहारी खेलेर प्रधानमन्त्रीलाई ब्राण्ड बनाउनुको साटो उनको विकल्पबारे चर्चा गर्नुपर्ने बेला भइसक्यो। यसमा डराउनुभन्दा पनि आवश्यकता के हो भनेर बहस गर्न जरुरी छ। नेपाली राजनीतिमा राजनीतिक सहमति नयाँ कुरा हैन। व्यक्ति बिरामी हुन पाइयो, संस्था बिरामी हुन पाइएन।

ओलीको राजनीतिक स्थान 
प्रधानमन्त्री ओलीले यदि प्रभावकारी र पारदर्शी ढंगले काम गर्न सक्नुभएको थियो भने स्वास्थ्यलाई कारण बनाई राख्न पर्दैनथ्यो होला। बरु उनले यो ५ वर्षे कार्यकालमा सबैथोक गर्न नसक्नुको प्रमुख कारण उनको स्वास्थ्य हो भनेर धेरैको बुझाइ छ। सायद जनताले ६ महिना पनि प्रतीक्षा गर्छन् होला, यदि कायापलट नै हुँदैछ भने। तर सरकार आफैँ असफलताको पथमा हिँडेको बेला दुई लडाइ लड्न प्रधानमन्त्रीलाई गाह्रो हुन सक्छ। अर्कोतिर, उनलाई काममा सक्रिय हुन कति समय लाग्छ भन्ने प्रष्ट छैन।

अहिलेको मुद्दा भनेको समय र उहाँको स्वास्थ्य हो। यसरी गुमराहमा हिँड्नु राष्ट्रका लागि त्यति लाभदायक हुँदैन। त्यसमाथि नानाथरी राजनीतिक अड्कलबाजीको जन्म हुन थालेको छ, राजनीतिक वृत्तमा।

अहिले प्रधानमन्त्री ओलीको लोकप्रियताका कारण प्रतिपक्षी दलको नेताहरू पनि उनको राजीनामा माग्ने हिम्मत राखेका छैनन्। ओलीको बलियो विकल्प पनि नभएर होला नागरिक समाज, सञ्चार माध्यम अनि आम नागरिकले चासो नदिएका। उपचारपछि आराम गरिरहेका व्यक्तिको राजीनामा माग्नु त्यति न्यायोचित हुन्न भन्ने मानसिकता हाबी भएकाले पनि यो विषयमा चर्चा हुन सकेको छैन।

राजनीतिमा प्रधानमन्त्री ओलीले पछिल्लो १० वर्षमा धेरै इज्जत कमाएका छन्। उनको आत्मबल उदाहरण बनेको छ। उनले लिएको केही अडानले उनको छवि राष्ट्रवादी छ। राजनीतिक हाउभाउ हेर्दा ओलीले पद छाड्ने सम्भावना निकै कम छ। राजीनामा दिनु वा पद छोडेर अर्को कार्यकारी बनाउनु भनेको ओलीको राजनीतिक कद बढ्नु हो भन्ने सोचको भने कमी छ उनी र उनी निकटमा।

अहिलेको खाँचो भनेको सक्रिय कार्यकारीको हो। तर आराम गरिरहेका प्रधानमन्त्रीका कारण त्यस्तो सक्रियता महसुस हुन सकेको छैन। वा, ढिलाइ भएको छ।

अबको बाटो
हाम्रो संविधानले संसदबाट निर्वाचित कार्यकारीको परिकल्पना गर्छ। त्यसैले मार्ग खोलेर नयाँ प्रधानमन्त्रीको लागि सम्भावनाको ढोका खोल्ने हो कि भनेर बहस किन नगर्ने? अथवा ६ महिना, १ वर्ष आराम गरेर सक्रिय कार्यवाहकको विकल्प बारे छलफल किन नगर्ने?

देशको अवस्था हेर्दा १६ घण्टा काम गर्ने कार्यकारीको खाँचो छ। तर, मन्त्रिपरिषद् नेतृत्वविहीन जस्तै छ।

विभिन्न घटनाक्रमले देखाइसक्यो कि प्रधानमन्त्रीको नाममा केही नजिकका मान्छेहरूको आफू हितको राजनीति गरिरहेका। प्रधानमन्त्रीलाई आरामको खाँचो छ। देशको अवस्था हेर्दा १६ घण्टा काम गर्ने कार्यकारीको खाँचो छ। तर, मन्त्रिपरिषद् नेतृत्वविहीन जस्तै छ। संसद्मा प्रधानमन्त्रीको उपस्थिति कम हुनुको कारण उनको स्वास्थ्य नै हो। लामो समयदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन।

नेकपा सचिवालय सुस्ताएको देखिन्छ। लाग्छ, त्यहाँ पनि ओलीबिना पात हल्लिँदैन। अन्य राजनीतिक गतिविधि ठप्प भएको छ।

कुनै बेला गिरिजाप्रसाद कोइरालाले बालुवाटारलाई पार्टीको कार्यालय, मन्त्रिपरिषद्को बैठक सबै बनाएर खाटमा बसेर देश चलाएकै हो। तर त्यसबेला पनि विकल्पको बहस नभएरै हो। कोइरालाको अडान र पछिल्लो राजनीतिक योगदान एक ठाउँमा थियो तर त्यस बेला पनि धेरै निर्णयहरू वहाँको स्वास्थ्यमा निहित हुन्थ्यो।

हामी अलि बढी व्यक्तिवादी भएर पनि यस्तो बहस गर्न खोज्दैनौँ। अहिले पनि प्रधानमन्त्रीको अत्याधिक देवत्वकरणले पनि उनका प्रति धेरैमा भ्रम छ। जुन हटाउन जरुरी छ।

नेता विशेष भएर गरिने कदमले चुनावी परिणाममा सहयोग त हुन्छ तर जनताको सेवा गर्न प्रणालीमै सुधार गर्न जरुरी छ। लोकतन्त्रले संस्थाहरू बलियो बनाउने हो, व्यक्ति बलियो बनाउने होइन। व्यक्ति विशेष हुने लोकतान्त्रिक चरित्र पनि हैन। हामी संस्था बलियो बनाउँदै छौँ कि व्यक्ति? त्यो बारे पनि सोच्ने बेला आइसकेको छ।   

नेकपाभित्र केपी ओलीलाई हटाउने बहस नभएका होइनन्। उनको अहिलेको अवस्था अझ लम्बियो भने प्रधानमन्त्रीलाई आफ्नै दलबाट थप अप्ठ्यारो निम्तिन सक्छ। अविश्वासको प्रस्ताव नै सामना गर्नुपर्ने पनि हुन सक्छ। त्यसैले, उनको राजनीतिक योगदानको कदर गर्दै नयाँ बाटो खोज्नेबारे भद्र बहस गर्न आवश्यक भइसक्यो। एउटा व्यक्तिको लागि देशको कार्यपालिकालाई सुस्ताउन दिनु उचित हुँदैन भन्दै प्रधानमन्त्री शीघ्र स्वास्थ्य लाभको कामना गरौँ। 

गौतमलाई @SaugatWrites मा भेट्न सकिन्छ। 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १२:४५
  • #प्रधानमन्त्री
  • #केपीओली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री वालेनकाे दावी: सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्