भारत– भारतकको बिहारमा एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बिहारको राजधानी पटनामा रहेको एम्स अस्पतालमा कोरो संक्रमित उक्त व्यक्तिको मृत्यु भएको हो। बिबिसी हिन्दीका अनुसार मृतक दुईदिन अघि मात्रै कतारबाट फर्किएका थिए।
उनको मृत्यु शनिबार बिहान ९ बजे भएको थियो। उनी कोरोनाबाट संक्रमित रहको ल्याब रिपोर्ट मृत्युपछि आएको हो।
हालसम्म भारतमा कोरोना भाइरसबा६ मृत्यु हुनेको संख्या ६ पुगेको छ। बिहारकै कोरोनाका अर्का एक बिरामी एनएमसीएच अस्पतालकोफ आइसोलेसनमा छन्। ती व्यक्ति स्कटल्यान्डबाट फर्किएका हुन्।
यसअघि बिहारको कुनै व्यक्ति कोरोना संक्रमित देखिएको थिएन। भारतमा ३ सय ४८ जनामा कोरोना पोजेटिभ देखिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।