काठमाडौं- सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ। आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय रपैयाँ तोकिएको छ।
त्यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर प्रतितोला ७ सय २० रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।