काठमाडाैं- विश्वमा काेराेना भाइरसकाे संक्रमण दिनदिनै बढ्दै गएकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयबाट सार्वजनिक भएकाे पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या तीन लाखभन्दा बढी भएको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।
याे एक हप्तामा काेराेना संक्रमितकाे संख्यामा दाेब्बर वृद्धि भएको छ। काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि करिब दाेब्बरले नै वृद्धि भएकाे छ। १३ हजारभन्दा बढी मानिसको यसको संक्रमणबाट मृत्यु भएको छ।
काेराेनाबाट सबैभन्दा बढी संक्रमित हुनेमा चीन रहेकाे छ भने मृत्यु हुनेमा इटाली अगाडि रहेको छ।
चीनमा ८१ हजारमा संक्रमण भइसकेको छ। इटालीमा संक्रमितको संख्या ५३ हजार रहेकोमा मृत्यु हुनेको संख्या पाँच हजार नजिक पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।