काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडा र भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ। सिंहदरबारस्थित अर्थमन्त्रीको कार्यकक्षमा शनिबार भेटघाट भएको हो।
भेटका क्रममा अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको प्रभाव न्यूनीकरणका लागि भारतको अगुवाइमा सुरु भएको आकस्मिक कोष स्थापना प्रक्रियाको स्वागत गरेका छन्। अर्थमन्त्री खतिवडाले भारत सरकारकाे मेडिकल, स्वास्थ्यकर्मी र स्वास्थ्यसँग सम्बन्धित मेसिनरी सामान नेपाललाई सहयोग गर्ने प्रस्तावप्रति धन्यवाद दिएका छन्।
मन्त्री खतिवडाले नेपाल र भारतका नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए। खतिवडाले भारत सरकारको सहयोगमा सञ्चालित आयोजनाहरुको तीव्र कार्यान्वयनका लागि राजदूतसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।