तस्बिर एएफपी
काठमाडाैं- चीनबाट सुरु भएकाे काेराेना भाइरसकाे संक्रमण अमेरिकामा पनि बढ्दै गएकाे छ। त्यहाँ एकैदिन ७ हजार बढी काेराेना संक्रमणका नयाँ बिरामी भेटिएका छन्।
वल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लाे २४ घन्टामा ७ हजार ३ सय ४ जना नयाँ संक्रमित भेटिएका हुन्। अमेरिकामा काेराेनाका कारण पछिल्लाे २४ घन्टामा थप ८४ जनाकाे मृत्यु भएकाे छ।
याेसँगै अमेरिकमा ३ सय ४० जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ। आइतबार बिहानसम्म अमेरिकामा २६ हजार ६८७ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।