काठमाडाैं- विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहानसम्म १३ हजार २५ जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सकाे बिहान ६: ३५ बजेसम्मकाे तथ्यांकअनुसार काेराेना भाइरसबाट विश्वभर ३ लाख ६ हजार ८९२ जना संक्रमित भएका छन्। संक्रमित व्यक्तिमध्ये ९४ हजार ७९८ जना उपचारपछि घर फर्किएका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस विश्वका १७६ भन्दा बढी देशमा देखा परिसकेको छ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको काेराेना भाइरस (कोभिड–१९)लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।