काठमाडौं - भारतमा बढ्दो कोरोना संक्रमणसँगै नेपालमा भित्रिने जोखिम कम गर्न नेपाल- भारत सिमा बन्द गर्न छलफल भए पनि निर्णय भएन।
उप प्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठकमा सिमा बन्दबारे छलफल भएको थियो।
भारतका विभिन्न सहरमा कोरोना संक्रमण देखिएको र संक्रमण बढ्ने क्रममा रहेकाले नेपाल भित्रिन नदिन सिमा नाका बन्द गर्न बैठकमा सहभागीले माग गरेका थिए।
तर सो विषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय समकक्षीसँग छलफल गर्ने भनेर बैठक टुंगिएको थियो।
उच्चस्तरीय समितिको बैठकको निर्णय जानकारी दिँदै सरकारका प्रवक्ता युवराज खतिवडाले भारतसँगको नेपालको सम्झौता अनुसार एकतर्फी सिमा बन्द गर्न नमिल्ने बताउँदै सो बारे परराष्ट्रमन्त्रीले समन्वय गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।