काठमाडौं- एसियाली विकास बैंक (एडिबी)को ५३ औँ वार्षिक बैठकको कार्यतालिका हेरफेर भएको छ। कोरोना भाइरसको माहामारीका कारण एडिबीको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकको पूर्वतालिकामा हेरफेर गरिएको हो।
एडिबीको बोर्ड अफ डाइरेक्टर्सको शनिबार बसेको बैठकले २ देखि ५ मेमा दक्षिण कोरियाको इन्चोन सहरका लागि प्रस्तावित वार्षिक बैठक अब दुई चरणमा गर्ने निर्णय गरेको छ।
एडिबीका अनुसार पहिलो चरणको बैठक मे २२ मा फिलिपिन्सको मनिलामा बस्नेछ। मुख्यरुपमा एडिबीका बोर्ड अफ गभर्नर्सका प्रतिनिधिहरुको यो बैठक पहिलो चरणको हुनेछ।
यो बैठकले एडिबीको वित्तीय विवरण र एडिबीको संस्थागत आवश्यकताअनुसारको स्रोत बाँडबाँडटको टुंगो लगाउनेछ। दोस्रो चरणको बैठक १८ देखि २१ सेप्टेम्बरमा कोरियाको इन्चोन सहरमा नै बस्नेछ। जुन बैठक पूर्ण बैठक हुने एडिबीको वेबसाइटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।