काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण हुने रोग कोभिड-१९ को रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा जारी छ।
समिति संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसिरहेको हो।
बैठकमा कोरोना भाइरसको जोखिम र पूर्व तयारीका विषयमा छलफल जारी छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गरेका विषय कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै आइतबारबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने सोमबारबाट लामो दुरीका यातायातका साधनहरु बन्द हुने र १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने बताएका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार आन्तरिक हवाई सेवा निरन्तर संचालन गर्ने वा रोक्ने विषयमा समेत समितिमा छलफल हुनेछ। सरकारले लामो दुरीका बस सेवा समेत बन्द गरिसकेको अवस्थामा हवाइ यात्रा समेत बन्द गर्नुपर्ने विषय सामाजिक सञ्जालमा उठेको थियो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।