काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएपछि साप्ताहिक पत्रिकाका सञ्चालकहरुले छापा संस्करण बन्द गरेका छन्। बढ्दो जोखिमका कारण छापा संस्करणलाई निरन्तरता दिन अप्ठ्यारो भएपछि अधिकांशले बन्द गरेका हुन्।
हिमाल साप्ताहिकले सूचना निकालेर अब डिजिटल भर्सनमा मात्र आउने जानकारी दिएको छ। जनआस्था, देशान्तर, दृष्टि, साँघु, नेपाली पत्र, पिपुल्स रिभ्यू, जनधारणा, मधेसवाणी,बुधबार, तरुण, हाँकले पत्रिका प्रकाशनलाई निरन्तरता दिन नसकिने भन्दै बन्द गरेका हुन्।
यसका साथै, घटना र विचार, जनआव्हान, राष्ट्रवाणी, समयबद्ध र तामाकोशी साप्ताहिकले कोरोनाका कारण नियमित पत्रिका प्रकाशन गर्न समस्या परेको भन्दै वर्गीकरणमा सामेल गराउन विशेष व्यवस्था मिलाउन प्रेस काउन्सिल नेपालमा निवेदन दिएका थिए।
काउन्सिलका अध्यक्ष तथा जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठका अनुसार आएको निवेदन अनुसार वर्गीकरणमा असर नपर्ने, प्रिन्ट माध्यम बन्द भए पनि डिजिटल माध्यम भए सोही माध्यमबाट समाचार सम्प्रेषण गर्ने निर्णय भएको नेपाल लाइभलाई जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।