रौतहट- चन्दपुर नगरपालिका- ३ महादेवडाँडा अल्लाजोरबाट विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका २ जनालाई कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड र हेण्ड ग्रिनेण्ड १ थानसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा चन्द्रपुर नगरपालिका- ५ थलही टोल बस्ने ३९ वर्षीय कुमार राई भन्ने मान कुमार राई र बाग्लुङ ढोरपाटन नगरपालिका- २ वुर्तिवाङ्ग बस्ने ३८ वर्षीय जगत भन्ने कमल गुरुङ रहेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँड्डुल गरिरहेको अवस्थामा उनीहरुलाई फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।