दाङ- दाङको घोराहीमा जुवा खेलेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका-१४ सरस्वती टोलस्थित बुढाथोकी समीर होटेलमा शुक्रबार राती कोठा भाडामा लिए जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
उनीहरूको साथबाट २ लाख ८९ हजार १५ रुपैयाँ नगद समेत बरामद गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१० का ४३ वर्षीय मलबहादुर डाँगी, ३८ वर्षीय हरिबहादुर विक, ३८ वर्षीय धनबहादुर वली, घोराही उपमहानगरपालिका-१८ का २७ वर्षीय प्रेम पुन, २७ वर्षीय आकाश लम्साल, घोराही १० का ४० वर्षीय दोर्णबहादुर महरा, घोराही १४ का ५० वर्षीय गुमानसिंह डाँगी, घोराही १२ का ३१ वर्षीय टपेन्द्र विष्ट र घोराही ११ का ३२ वर्षीय अनिल विक छन्।
उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए। केही दिन अघि मात्रै घोराही बजारकै लखन पार्क नजिक रहेको रोल्पाली सृष्टि खाजा घरबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको थियो।
उनीहरुको साथबाट पनि १ लाख ७१ हजार ५ सय ८० रुपैँया बरामद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।