काठमाडौं- कोरोना भाइरस स्वस्थ व्यक्तिमा पनि सर्न सक्छ। तर, सबैमा लक्षण नदेखिन सक्छन्। लक्षण देखिएकाहरु सबैलाई सिकिस्त पनि पार्दैन। सिकिस्त परेका सबैको मृत्यु हुँदैन।
तर, अन्य कुनै रोगबाट पहिलेदेखि नै ग्रसित रहेकाले भने विशेष सतर्कता अपनाउनुपर्छ। कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा धेरै मुटुसम्बन्धी रोग भएकाहरू छन्।
यकिन भएकामध्ये कोरोना भाइरसबाट १३.२ प्रतिशत मुटुरोग लागेकाहरुको मृत्यु भएको छ।
मधुमेह भएका ९ दशमलव २ प्रतिशत, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग भएका ८ प्रतिशत, उच्च रक्तचाप भएका ८ दशमलव ४ प्रतिशत र क्यान्सर भएका ७ दशमलव ६ प्रतिशतको मृत्यु भएको विभिन्न तथ्यांक तथा अनुसन्धान गर्ने अमेरिकी संस्था वर्ल्डोमिटरले उल्लेख गरेको छ।
कुनै पनि रोग नभएकाहरू भन्दा दीर्घरोगको समस्या भएकाहरूमा यो भाइरसले बढी प्रभावित पारेको देखिन्छ।
| रोग (पहिलेदेखि भएका) |
कोरोना भाइरस संक्रमणबाट भएको मृत्युदर (प्रतिशतमा) |
| मुटुरोग |
१३.२ |
| मधुमेह |
९.२ |
| श्वासप्रश्वासम्बन्धी रोग |
८ |
| हाइपरटेन्सन |
८.४ |
| क्यान्सर |
७.६ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।